भारतमा कोरोना संक्रमित राखिएको होटलमा आगलागी

७ जनाको मृत्यु

एजेन्सी ,भारतमा आन्ध्र प्रदेशस्थित कोरोना केयर सेन्टर बनाइएको एक होटलमा भीषण आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ ।

विजयवाडास्थित स्वर्ण प्यालेस होटलमा ७ जनाको जलेर मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । अन्य ४ जना बेपत्ता भएका छन् । आगलागीका समयमा करिव ३० जना व्यक्ति होटलमै रहेको अनुमान गरिएको छ ।

आगोले जलेर घाइते भएकाहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । आन्ध्र प्रदेशका गृहराज्यमन्त्री मेकाथोटी सुचरिताका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो।