पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु, मृतकको संख्या ७४ पुग्यो

पोखरा, पश्मिाञ्चल अस्पताल पोखरामा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

शनिबारराती ११ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रिय अस्पाललका निर्देशक डा अर्जुन आचार्यले बताए ।

मृतक पोखरा १९ लामाचौरका ६२ वर्षिय पुरुष हुन् । संक्रमित पुरुष डायबेटिजका पनि बिरामी थिए । संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा उनी पोखराका पहिलो ब्यक्ति हुन । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ । बिहीबार ५, शुक्रबार ५ र शनिबार ३ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।