पर्सामा थप ७५ जनामा कोरोना पुष्टि

पर्सा, पछिल्लो २४ घण्टामा पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये १५ जना महिला छन् । वीरगञ्ज–२ छपकैयाकी २० वर्षीया मृतक महिला पनि संक्रमितको सूचीमा छिन् । कन्ट्याक्ट ट्रेसिङमा परेका ३१ जना, आफैं कोरोना जाँच गराएका १२ जना, वीरगञ्ज महानगरपालिकाका दमकलका कर्मचारी दुई, क्वारेन्टिनमा बस्दै आएका चार जना, जिल्ला प्रहरी कार्यालयका नौं जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी ज्वरो, रुघा, खोकीको लक्षण देखिएका नौं जना, पर्सागढी नगरपालिकाका तीन जना, नारायणी अस्पतालका कर्मचारी तीन जना र सर्लाहीका एक जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको प्रयोगशाला स्रोतले जानकारी दिएको छ ।