जाजरकोटका चार ठाउँमा नयाँ खाद्यान्न डिपो स्थापना

जाजरकोट ,खाद्य व्यवस्था तथा व्यापार कम्पनीका चार डिपो जाजरकोटमा थप गरिएको छ। खाद्यान्न अभाव हुने ठाउँलाई मध्यनजर गरी नयाँ डिपो स्थापना गरिएको हो। यो भन्दा पहिले भएका डिपोहरु पायक पर्ने ठाउँमा नहुँदा समस्य परेको गुनासो आएपछि जाजरकोटमा अघिल्लो वर्ष दुई ठाउँ र यो वर्ष चार ठाउँमा नयाँ व्यापार कम्पनीका डिपोहरु थपिएको हो।

बाढी पहिरोबाट छिया , छिया भएको बारेकोटमा नयाँ डिपो स्थापना गरिएको छ। पहिले घाटमा भएको डिपो सबैको पहुँचमा नभएका कारण काउलीमा नयाँ डिपो स्थापना गरिएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए। तत्काल नयाँ डिपोमा २८१ क्विन्टल चामल पठाएको छ।

त्यस्तै घरंगा , टापुचौर , रजुतरा यो वर्ष नयाँ डिपो स्थापना भएका छन्। अघिल्लो वर्ष दल्ली र ताँगामा स्थापना गरिएको थियो। सदरमुकााम सहित चौखा, घाट , दशेरा र घोगीमा पुराना डिपो रहेका थिए। अहिले सदरमुकाममा १ हजार ७ सय क्विन्टल , घोगीमा ४०० क्विन्टल र चौखामा ६० क्विन्टल चामल मौज्दात रहेको कम्पनीमा जाजरकोट प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिए। सवै डिपोहरुमा चामल तत्काल पुर्‍याउनका लागि बोलपत्र आवह्वानको काम पुरा भएकोले महिना दिन भित्र चामल पुग्ने प्रमुख बस्नेतको भनाइ छ।