फरक फरक स्थानमा ४ जना मृत फेला

काठमाडौं, फरक फरक स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका २८ बागबजारस्थित शहिद शुक्र गल्लीमा हाल एकिन नाम, वतन नखुलेका करिब ५३ बर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका(७ हिलपार्क गुरुङ डाँडास्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० बर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । कन्चनपुरको भिमदत्त नगरपालिका १२ ऐरीघाटस्थित महाकाली नदीको बीच भागमा पनि अन्दाजी २६ बर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(१ रानीपौवा बस्ने ८२ वर्षीया भुटी गुरुङ आफ्नै घरको कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।