विराटनगरमा पत्रकारसहित २२ जनामा कोरोना पुष्टि

विराटनगर, विराटनगर महानगरपालिकामा दुई पत्रकारसहित २२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। शुक्रबार आएको पीसीआर रिपोर्टले दुई पत्रकारमा पनि कोरोना पुष्टि गरेको हो । दुवै पत्रकार विराटनगरबाट प्रकासित हुने उद्घोष दैनिकमा कार्यरत छन्।

दुई जनामा कोरोना संक्रमण देखिएपछि उद्घोषका अन्य पत्रकारको पनि स्वाब संकलन गरिएको छ। पत्रकारलाई कोरोन देखिएसँगै उद्घोष दैनिकले आफ्नो प्रकासन अनिश्चितकालका लागि बन्द गरेको छ।

शुक्रबारराती संक्रमण पुष्टि भएकाहरुमा विराटनगर–२ का चार, विराटनगर–३ का एक, विराटनगर– ५ का एक, विराटनगर –६ का दुई, विराटनगर –७ का तीनजना छन्।

त्यस्तै विराटनगर–८ का एक, १० का एक, ११ का एक, १३ का चार र विराटनगर–१४ का एक जनामा संक्रमण देखिएको छ।
शुक्रबार दिउँसो विराटनगरमा ३३ जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबार राती २२ जना थपिएका हुन्। नयाँसँगै विराटनगरमा संक्रमित हुनेको संख्या २४५ पुगेको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए।