ब्राजिलमा कोरोनाबाट ९९ हजार भन्दा बढीको मृत्यु

काठमाडौं, ७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा ९९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

शनिबार यो समाचार तयार पार्दासम्म एकै दिन १ हजार ५८ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९९ हजार ७०२ पुगेको हो । पछिल्लो २४ घण्टामा ४९ हजार ५०२ जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या २९ लाख ६७ हजार ६४ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २० लाख ६८ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ९८ हजार ६६८ जनाको उपचार भइरहेको छ ।