केरल विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो

नयाँदिल्ली,भारतको केरलमा शुक्रबार भएको विमान दुर्घटनामा परी निधन हुनेको संख्या १८ पुगेको छ। तिनमा दुई जना चालक दलका सदस्य छन्।

एयर इन्डियाको उक्त विमान दुबईबाट उडेकाे केरलका लागि उडेकाे थियाे। विमान केरलकाे कोझिकोडस्थित विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। दुर्घटनामा १२७ जना घाइते भएका छन्। उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।

विमानमा १९० जना चढेका थिए। तिनमा १२८ पुरुष, ६ महिला, १० महिला र ६ चालक दलका सदस्य थिए। दुर्घटनाप्रति अमेरिकाले दुःख प्रकट गरेको छ।