बिमा रकम घरमै आउँदा सदस्य हर्षित निर्धन उत्थान लघुबित्तको सकारात्मक अभियान

गढवा, देउखुरीकाे गढवा-५ सुनपुरवा गाउँकी पम्फादेवि शर्माको यही ७६ मंसिर १५ मा निधन भयो । उहाँ १४ बर्ष अगाडीदेखि गढवामा शाखा कार्यालय संचालन गरेको निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेडको समूह सदस्य हुनुहुन्थ्यो । एकलाख पचास हजार कर्जा लिदा उहाँको २ लाखको बिमा बनाइएको रहेछ । रकम चुक्ता गर्ने म्याद बाँकी रहदै उहाँको निधन भयो ।

सोही बिमा बापतको रकम र काजकिरिया बापत परिवारले पाउने रकम गरी २ लाख २५ हजार नगद बोकेर शुक्रवार बिहान निर्धन उत्थान संस्थाका हाकिम नारायण भुर्तेल सहितको टोली सुनपुरुवा महिला समूहका अध्यक्ष भुमा थापाको घर आँगनमा पुग्यो । गाउँघरका महिला पुरुषहरु सहित समूहका सबै सदस्यहरु जुटेका स्थानमा एक कार्यक्रमका बिच गढवा गाउँपालिका वडानं. ५ का वडाध्यक्ष प्रकाश भण्डारी र संस्थाका प्रमुख भुर्तेलले सो रकम मृतकका छोरा धिरज प्रसाद शर्मालाई हस्तान्तरण गर्नुभयो ।

यो दृष्य देखेर समूहमा आबद्ध सबैजसो महिला दिदी बहिनीहरु हौसिए । बाँच्दा सम्म कर्जा लिएर आफ्नो पेसो मेसो चलाउथ्यौं तर मरेपछि पनि यसरी संस्थाले घरमै ल्याएर बिमा गरेको पैसा देला भनेर पत्यार नै लागेको थिएन–समूहका अध्यक्ष भुमा थापाले भन्नुभयो । बिमाको पैसा निकाल्न जत्तिको झञ्जट केहि गर्न पनि हुदैन भनेर बुझेको थिए तर संस्थाले घरमै बिमा रकम ल्याएर हस्तान्तरण गर्दा दंग परें–स्थानीय बुद्धिजिवी समाजसेवी रुद्रबहादुर गिरिले भन्नुभयो । आमाको बिमा रकम घरमै बुझ्न पाउँदा निकै सहुलियत भएको छ–स्थानीय धिरज प्रसाद शर्माले भन्नुभयो ।

एकलाख ५० हजारको कर्जाको २ लाख २५ हजार बिमा तथा अन्य सुविधाको रकम भएको र १ लाखको बिमा बनाउदा जम्मा ६९० रुपियाँ फिर्ता नहुनेगरि समूह सदस्यले बुझाउनुपर्ने कार्यालयका प्रमुख भुर्तेलले बताउनुभयो । संस्थाले बिना धितो ३ लाख सम्म र धितो राखेर ७ लाख सम्म कर्जा उपलब्ध गराउने नियम रहेको उहाँले बताउनुभयो । यस लघुबित्तले नेपाल सरकारको नियम अनुसार कडा रोग लागेमा समूह सदस्यहरुलाई आफ्नो नम्स बमोजिम क्षतिपुर्ति रकम सहयोग गर्ने, आगलागी तथा अन्य बिपद्बाट पिडित समूह सदस्यहरुलाई राहात उपलब्ध गराउने गरेको कार्यक्रममा जानकारी दिनुभयो । यसका साथै कोरोना माहामारीको बेला आफ्ना २ हजार बढी सदस्यहरुलाई माष्क तथा सेनिटाइजर उपलब्ध गराएको उहाँले बताउनुभयो ।

निर्धन उत्थान लघुबित्त बित्तिय संस्थाले शुक्रवार गढवा ५ को सुनपूवामा एक कार्यक्रम आयोजना गरि आफ्नो समूह सदस्य स्व. पम्फादेबि शर्माको बिमा रकम घरमै लगेर हस्तान्तरण गरेको हो । समूहका अध्यक्ष भुमा थापाको अध्यक्षता र गढवा गाउँपालिका वडानम्बर ५ का वडा अध्यक्ष प्रकाश भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मृतकका घोरा धिरज प्रसाद शर्मालाई २ लाख २५ हजारको बिमा रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष भण्डारीले ऋणको सहि सदुपयोग गरि आत्मनिर्भरता अपनाउन समूह सदस्यलाई आव्हान गर्दे घरमै बिमा रकम पुरयाउने गरेकोमा निर्धन लघुबित्त लाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा संस्थाको सिष्टम र प्रकृयाका बारेमा संस्थाका प्रमुख नारायण भुर्तेलले जानकारी दिनुभएको थियो भने स्थानीय समाजसेवि रुद्रबहादुर गिरि,संस्थाका केन्द्र परिचालक उषा बुढाथोकी र पत्रकार शिबराज पन्थी लगायतले बोल्नुभएको थियो ।