प्यूठानमा नेकपा परित्याग गरी १५ जना नेपाली कांग्रेसमा प्रवेश

बर्तमान सरकार नातागोता भर्ती केन्द्र भएकाे काँग्रेस नेता मरासिनीकाे आराेप

भालुवाङ, प्युठानकाे सरुमारानी गाउँपालिका वडा नम्बर ६ मा नेपाल कम्युनिष्ट पार्टीका सकृय कार्यकर्ता श्यामबहादुर रामजाली मगरको नेतृत्वमा १५ जना युवा तथा महिला सहित नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नव प्रबेशीहरुलाई नेपाली कांग्रेस प्युठानका जिल्ला सदस्य भिमबहादुर मरासिनीले टीका लगाएर नेपाली कांग्रेस पार्टीको सदस्यता प्रदान गरेका थिए ।   

नव प्रबेशीहरुलाई स्वागत गर्दै मरासिनीले नेकपाको करिब दुई तिहाई बहुत रहेकाे सरकारले जनताको मन जित्न नसकेको आराेप लगाउँदै जनप्रतिनिधिहरु भ्रष्टचारमा लिप्त भएको र विकासको बजेट आफ्ना कार्यकर्ता पोस्ने काममा लगाएको बताउनु भयाे ।

उहाँले केन्द्र र प्रदेश सरकार भ्रष्टाचारमा चुर्लुम्ब डुबेको भन्दै बर्तमान सरकार नातागोता भर्ती केन्द्र बनाएको आराेप लगाउनु भयाे । नेता मरासिनीलेराष्ट्रियता ढोङ्ग मात्र साबित भएको र भारतले दैनिक सिमा मिचिरहेको बेला सरकार मौन बस्नु याे कस्ताे राष्ट्रबादी पार्टी र सरकार हाे ? उहाँले सरकार संग प्रति प्रश्न गर्नु भयाे ।

त्यस्तै सो कार्यक्रममा बोल्दै नबप्रबेशी श्यामबहादुर रामजालीमगरले नेकपामा लामो समय देखि पार्टीमा सक्रिय भै काम गरेको तर नेताहरु ले बोल्ने एउटा

काम ठिक उल्टो गर्ने परिपार्टी हाबी हुँदै गएकाेले देशमा अब काँग्रेस बाहेक अन्य दलकाे बिकल्प नरहेकाे बताउनु भयाे ।

उहाँले जनताहरुलाई गुमराहमा राख्ने, भ्रम शृजना गर्ने र नातावाद कृपावाद, भ्रष्टाचारमा लिप्त हुने वर्तमान सरकारकाे कार्य भएकाे आराेप लगाउनु भयाे ।

नवप्रवेशी रामजाली मगरले वर्तमान सरकार खाली चुनाबमा भड्किलो भाषण गर्ने, कार्यकर्ता जनताको मनोबल गिराउने गुट बन्दी गर्ने राष्ट्रियताको खोक्रो नारा लगाउने जस्ता घृणित

कार्य गरेकोले नेकपा परित्याग गरेको र अरु तमाम साथीहरु लाई सो पार्टी छोडेर नेपाली काङ्ग्रेस पार्टी मा आउन अनुरोध समेत गर्नु भयाे । कार्यक्रममा सरूमारानी गाउँपालिका ६ न. वार्ड कमिटीका सम्पूर्ण पदाधिकारीको समेत उपस्थिति रहेकाले थियो ।