शुक्रबार थप ४ सय ६४ जनामा कोरोना पुष्टि

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म १५ हजार ८ सय २४ जना उपचारपछि निको भएका छन् । बितेको २४ घण्टामा थप ४ सय २५ जना डिस्चार्ज भएका छन् । देशभर ६ हजार ३ सय ३० जना सक्रिय संक्रमित रहेका छन् ।