रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइयो

काठमाडौँ कैलालीको टीकापुर काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइएको छ । डिल्लीबजार कारागारमा रहेका चौधरीको खुट्टा सुनिएपछि अस्पताल पुर्‍याइएको हो ।

खुट्टा सुनिएसँगै ज्वरो आउन थालेपछि चौधरीलाई अस्पताल लगिएको डिल्लीबजार कारागार स्रोतले जनाएको छ । २०७५ पुस १९ मा चौधरी कारागार चलान भएका थिए ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो । सो घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध मुद्दा लागेको थियो । घटनापछि फरार रहेका चौधरीले सार्वजनिक नभइकनै प्रतिनिधि सभामा उम्मेद्वारी दिई कैलाली क्षेत्र नम्बर १ बाट विजयी समेत भएका थिए ।