बाँकेमा थप ४९ जनामा कोरोना संक्रमण, निषेधाज्ञा मंगलबारसम्म जारी

नेपालगन्ज,  बाँके भेरी अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  कोरोना संक्रमण बढ्दै गएकाले शनिबारसम्म जारी निषेधाज्ञा तीन दिन थप गरिएको छ । संक्रमितमध्ये ४९ जना बाँकेका, बर्दिया र रुकुमका एकरएक जना रहेका छन् ।

‘कोरोना संक्रमण बढ्दै गएकाले निषेधाज्ञा थप गरिएकाे  बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिएका छन ।

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्कन आदेश नमानेपछि नियन्त्रणमा लिन बाध्य भएको रानाले सुनाए । कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर तेस्रो पटक आइतबारदेखि शनिबारसम्म निषेधाज्ञा जारी गरेको थियो ।

प्रशासनले स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको छ ।

यसअघि गत जेठ १४ गते जिल्लामा कोरोना संक्रमित हुनेको संख्या बढदै गएपछि बाँके प्रशासनले लकडाउनकैबीच दोस्रोपटक पूर्ण निषेधित क्षेत्र घोषणा गरेको थियो । बाँकेमा पहिलो पटक वैशाख २२ गतेदेखि २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो ।