पोखरामा थप ८ जनामा कोरोना पुष्टि

पोखरा ,कास्कीको पोखरा महानगरपालिकामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा ४ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको हो  सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ५ सय ८७ पुगेको छ । भने १ हजार ३ सय ८३ जना उपचारपछि निको भैसकेका छन् ।