कोरोना संक्रमणबाट नेपालमा ५ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ५ जनाको मृत्यु भएको बताएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।