कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० पुग्यो

 काठमाडौं, नेपालमा शुक्रबार थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । 

  पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै  नेपालमा कुल संक्रमितमध्ये ०.३ प्रतिशतको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।