प्यूठानमा सलह किराको आताङ्क दुई हजार रोपनीमा रोपेको मकै र कोदो पुरै नष्ट

किसान चिन्तित

दाङ , प्यूठानमा केही दिन यता फेरि सलह किराकाे आताङ्क बढेकाे छ । सलह किराले नौवहिनी गाँउपालीका वर्डा नं १ स्याउलिवाङ्गमा २ हजार ६ सय ५६ रोपनीको खेतीमा क्षेती पुर्याएको छ । १ हजार ४ सय ९ रोपनी मकै र १ हजार २ सय ४७ रोपनी क्षेत्रफलमा रहेको कोदो खेती नष्ट गरेको नौवहिनी गांउपालिका कृषि शाखा प्रमुख सन्तोष विश्वकर्माले वताए ।

सलह किराले उक्त क्षेत्रफलमा रहेको कोदो र मकै साथै तरकारी खेती समेत सखाप पारेको स्थानीय किसानहरूले बताएका छन् । सलह किराकाे आताङ्कबाट नौवहिनी गांउपालिका वर्डा नं १ स्याउलिवाङ्गमा ३ सय ४० घरघुरीको कृषिवालीमा क्षेती पुगेको कृषि शाखाले जनाएकाे छ ।