आज नेपालमा ३६० थपिए कोरोना संक्रमित, निको हुनेको संख्या २३३

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १५ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २३३ जना उपचारपछि डिस्चार्ज भएका छन् । कुल संक्रमितमध्ये ७०।५७ प्रतिशत निको भएका छन् ।

मुलुकभर ६ हजार २९६ सक्रिय सङ्क्रमित छन् । आज ६ हजार ६२२ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । यस्तै, कोरोना संक्रमित शून्य हुने जिल्लाहरु ७ वटा रहेका छन् । जसमा खोटाङ, धनकुटा, भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ र रुकुमपश्चिम छन् ।