कर्णालीमा फेरी थपिए ४ जना कोरोना संक्रमित

कर्णाली, कणाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा ४ जना महिलामा संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा दैलेख जिल्लाको महाबु गापा(१ की एक जना महिला, सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका(११ की एक महिला, जुम्ला कनकासुन्दरी गापा(३ की एक महिला र मुगु खत्याड गापा(८ की एक महिलामा संक्रमण देखिएको हो ।

योसँगै प्रदेशमा कुल संक्रमितको संख्या एक हजार ९६० पुगेको छ । संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ भने १ हजार ८०८ जना निको भएर घर फर्किएका छन् । आजमात्र ३६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।