समाजसेवाको अग्रपंक्तिमा मरासिनी : जसले उपलब्ध गराए स्वास्थ्य सामाग्री

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिलाई स्वास्थ्य सामाग्री हस्तान्त्ररण

भालुवाङ, पछिल्लो समय समाजिक सेवाको अग्रपंक्तिमा रहेका समाजिक अभियान्ता भिमबहादुर मरासिनीले सरोकारवालाहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन ।  प्युठान जिल्ला सरुमारानी गाउँपालिका १ मा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरूलाई स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् । सरुमारानी गाउँपालिका ३ हन्सपुर निवासी समाजिक अभियान्ता भिमबहादुर मरासिनी(हंशपुरे)ले कोरोना भाइरस महामारीमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन ।

सरुमारानी गाउँपालिका ३ हन्सपुर निवासी समाजिक अभियान्ता भिमबहादुर मरासिनी(हंशपुरे)ले कोरोना भाइरस महामारीमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु सुरक्षित रहे मात्र जनताको सेवा र सुरक्षा दिन सक्ने भन्दै सामाग्री प्रदान गरेका हुन । 

सरुमारानी गाउँपालिका वडा नम्बर १ मा रहेको बाङ्गेसाल हेल्थपोष्ट, वडा अध्यक्ष मुकुन्द शर्मा, वडा नम्बर २ को ददरी स्वास्थ्य इकाई, वडा अध्यक्ष वसन्त जिसी, ३ नम्बर वडाको हन्सपुर हेल्थपोष्ट, वडा अध्यक्ष भिमबहादुर मर्साङ्गी मगर, ४ नम्बर वडाको बड्डाडाँ स्वस्थ्य इकाई, वडाध्यक्ष चिन्ता सोमै, ५ नम्बर वडामा रहेको जसपुर हेल्थपोष्ट, वडाध्यक्ष शन्तबहादुर बराल, ६ नम्बर वडामा रहेको किमिचौर स्वास्थ्य इकाईका इन्चार्ज तालबहादुर पुनलाई र ददरी प्रहरी चेक पोस्ट दर्भान, प्रहरी चौकी बड्डाडाँमा समेत १र१ डिब्बा सर्जिकल मास्क, १र१ डिब्बा लुज ग्लोब्स, १र१ लिटर सेनिटाइजर र लाइफ ब्वाइ साबुन ६र६ पिस आफ्नो ब्यक्तिगत तर्फबाट प्रदान गरेका छन् ।

बर्षादका कारण पहिरो गएको हुँदा बाटो बिग्रीएकाले ६ नम्बर वडामा जान नसकेकोले स्वास्थ इकाई इन्चार्जलाई गाउँपालिकामा स्वास्थ्य सामाग्री बुझाएका हुन् ।