सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४७ सय नाघ्यो , ३३ सय ९१ डिस्चार्ज

धनगढी, सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ७ सय ३७ पुगेको छ । हिजो ४६ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या चार हजार ७ सय ३७ पुगेको हो ।

हालसम्म ३३ सय ९१ जना डिस्चार्ज भएका छन् । संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै १३ सय १६ जना छन् ।

यस्तै अछाममा ७१७, बैतडीमा ३१९, बझाङमा २८३, बाजुरामा ४५१, डडेल्धुरामा ३०१, दार्चुलामा ३८, डोटीमा ७३० र कञ्‍चनपुरमा ५८२ जनामा संक्रमण देखिएको छ । प्रदेशभर १४ सय ७८ जना अझै क्‍वारेन्टिनमै रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।