प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारको खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । उनीहरु सबै सुरक्षाको बाहिरी घेरामा खटिएका सुरक्षाकर्मी हुन् ।

बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । जसमा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’का अनुसार सुरक्षाकर्मीमा कोरोना देखिएपनि परिवारका कुनै सदस्यलाई संक्रमण देखिएको छैन ।