कोरोनाबाट काठमाडौंमा थप एकको मृत्यु

काठमाडौं, काठमाडौंमा थप एक महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

चाबहिलस्थित ओम अस्पातलमा उपचारको क्रममा बुधबार राति मृत्यु भएकी महिलाको आज कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।उनलाई पाँच दिनअघि ओम अस्पताल भर्ना गरिएको थियो।

सोही दिन उनको स्वाब परीक्षणको लागि पठाइएको थियो। दम, रक्तचापको समेत समस्या रहेकी उनलाई सुरूमै आइसियूमा राखेर उपचार गरिएको थियो।

मृतक महिलाबारे थप विवरण खुल्न बाँकी छ। उनको शव सेनाको टोलीले व्यवस्थापन गर्न लगिसकेको अस्पतालले जनाएको छ।