काठमाडौं उपत्यकामा एकैदिन थपिए ८७ जना कोरोना संक्रमित

काठमाडाैं, काठमाडौं उपत्यकामा ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस व्रिफिङमा काठमाडौ, ललितपुर र भक्तपुरमा गरी उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।लकडाउन अघिसम्म एक दुईको संख्यामा भेटिने संक्रमित एक सातायता दैनिकजसो ५० भन्दामाथि भेटिन थालेका हुन्।तीन दिनयता कोरोना संक्रमित दैनिक जसो ६० भन्दा माथिको संख्यामा भेटिन थालेका हुन्।