दाङको आरोग्य ड्रिङ्किङ्ग वाटरमा भेटियो गुहिये किरा

नागरिककाे स्वास्थ्य माथि गम्भिर खेलवाड

 दाङ, दाङकाे सिलबन्दी आरोग्य ड्रिङ्किङ्ग वाटरमा गुहिये किरा भेटिएको छ । नागरिककाे स्वास्थ्य माथि गम्भिर खेलवाड गर्दे आरोग्य मिनरल वाटर एण्ड जुस उद्योग तुलसीपुर वडा नं १७ दाङबाट उत्पादित आरोग्य ब्राण्डको बजारमा उपलब्ध प्रसोधित पिउने पानीमा दिशामा पाईने जस्तो देखिने गुहिये किरा भेटिएको प्रमाण फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नं १० नारायणपुर बजारमा रंगको व्यवसाय गर्दै आउनुभएका प्रेमकुमार आचार्यले घोराही उपमहानगरपालिका वडा नं १० जलौरा चोक स्थित बर्षा होटेलबाट वाटर खरिद् थर्दा किरा परेको पानीको बोट्ल भेटिएको हो । 

आफ्नो स्वास्थ्यको ख्याल राख्दै बिगत देखिनै आरोग्य ब्राण्डको बोटल्ड पानि पिउदै आनुभएका आचार्यले कम्पनिको यस्तो हद सम्मको लापर्वाही कानुनी कार्वाही योग्य भएको टिप्पिनी गरे ।  जनस्वास्थ्य माथि गम्भिर खेलवाड गर्दैकिरा परेको पानी बजारमा पठाउने कम्पिनिको बिरुद्धमा आफु अदालतको ढोका सम्म पुग्ने बताए ।  “कम्पनिले उपभोक्ताको स्वास्थ्यमाथी गम्भिर खेलवाड गरेको छ ” आचार्यले भने ।  आरोग्य ब्रण्डको वाटर लाई बाहिस्कार गर्न आग्रह गर्दै आचार्यले क्षतिपुर्तिको माग गर्दै अदालत जाने बताए ।

मानव स्वास्थ्यमाथी गम्भिर खेलवाड गर्नै उद्योग बिरुद्ध नेपाल गुणस्तर तथा नातौल विभाग, उद्योग मन्त्रालय, अदालत सम्म जाने तयारी भईरहेको बुझिएको छ ।  बि.सं २०७३/०७४ सालमा ३०/५९७४ नम्बरमा दर्ताभएको आरोग्य मिनरल वाटर एण्ड जुस उद्योग तुलसीपुर १५ दाङमा अवस्थित छ ।