सरकारका बिरूद्ध अनावश्यक व्यङ्ग गरेर समय बर्वाद नगर्नुस् : मुख्यमन्त्री पोख्रेल

नर्ती खानेपानी आयोजना हस्तान्तरण

देउखुरी, प्रदेश ५ सरकार अन्तरगत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागतमा निर्माण सम्पन्न भएको नर्ती खानेपानी आयोजना आज एक कार्यक्रमका बीच देउखुरीकाे नर्ती मै उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले नर्ती खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष कुलचन्द्र पोख्रेललाई स्वामित्व प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रमकाे प्रमुख अतिथि समेत रहनु भएका मुख्यमन्त्री पोख्रेलले सरकारले केही गरेन भनेर फजुल गफ चुट्नेहरुका लागि प्रदेश सरकारले खानेपानी क्षेत्रमा हाँसिल गरेको उपलब्धी हेर्न अनुरोध गर्नु भयो ।

उहाँले पूर्व-पश्चिम राजमार्गमा केरा राेपेकाे प्रशंका निकाल्दै भन्नू भयाे सडकमा केरा नै राेप्नै नपर्ने थिएन, भालुवाङ-लमही सडक खण्डकाे स्तर उन्नतिकाे सम्पूर्ण जिम्मा प्रदेश र केन्द्र सरकारले लिईसकेकाे बताउनुभयाे । देउखुरीकाे राजमार्ग दलदल जमिनमा पिच गरिएकाे हुँदा जति बर्ष मर्मत गरेर पनि केही सुधार नहुने बताउँदै मुख्यमन्त्री पाेख्रेलले यस्तै अवस्था नयाँ पिच गरेपनि केही नहुने बताउनु भयाे ।

मुख्यमन्त्री पाेख्रेलले नयाँ प्रबिधिमा आधारित सडक बनाउनु पर्छ भनेर नेपाल सरकारले अमेरिकी सरकारकाे सहयाेगमा कहिले नयाँ बिग्रिने, दिर्घकालिन सडक बनाउने याेजनामा लागेकाे बेला सडकमा केरा राेपेर सरकारकाे ब्यङ्ग्य गर्ने कृयाकलापले सरकारकाे प्रशंसा गरेकाे ठहर छ, कि आलाेचना गरेकाे ठहर छ ? अनि केरा राेपेर सरकारकाे व्यङ्ग्य गर्ने भन्दै उहाँले कडा आलाेचना गर्नु भयाे ।

काम गर्नेहरूका लागि प्रोत्साहन जनस्तरबाट आवश्यक पर्ने तर्क गर्नुभयो । त्यस्तै मुख्यमन्त्री पाेख्रेलले देउखुरीकाे लमहीमा प्रदेशकै सबैभन्दा ठुलाे सुबिधा सम्पन्न ट्रमा सेन्टर बन्न लागेकाे समेत बताउनु भयाे । कार्यक्रममा बिशिष्टि अतिथि प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले खानेपानीका लागि संरचना बनाएर मात्रै नपुग्ने भन्दै पानीको स्रोत संरक्षणमा ध्यान दिन उपभोक्तालाई आग्रह गर्नुभयाे ।

दाङ पानीको स्रोत कम भएको जिल्लाको रुपमा रहेको भन्दै उहाँले जलासय निर्माण गरेर पानीको स्रोत संरक्षण गर्नुपर्नेमा जोड दिनुभयाे ।
नर्ती खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कुलचन्द्र पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाहरू सदस्य रेवतीरमण शर्मा, ईन्द्रजीत थारु, दामा शर्मा, सरस्वती गौतम, लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसी, प्रमुख जिल्ला अधिकारी गाेविन्द रिजाल र जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द लगायतको उपस्थिती रहेको थियो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख गुणनिधि पोख्रेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन लेखराज आचार्यले गर्नु भएको थियो ।