दाङको गढवामा दुई जनामा कोरोना पुष्टि

दाङ, दाङकाे गढवामा समुदायस्तरमै कारोना देखिएको छ । कोरोना समुदायमा भए/नभएको जाँचका लागि कोइलाबास नाका क्षेत्रका ४० जनाको स्वाब परिक्षण गरिएकोमा गढवा गाउँपालिका–८ का दुई जना स्थानीयमा कोरोना पुष्टि भएको हाे ।

रुपन्देहीको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । उनीहरुको साउन १६ गते स्वाब संकलन गरिएको थियाे । भारतीय सिमा नाकासंग जोडिएका वस्तीमा कोरोना फैलिन सक्ने आशंकामा नाका क्षेत्रका स्थानीय ४० जनाको स्वाब परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको गढवा गाउँपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४५ र २१ वर्षका दुई पुरुषमा कोरोना पुष्टि भएको बताउनु भयाे । उनीहरु दुवै जना भारतबाट आएर घरमा बसेको व्यक्ति रहेको वडा अध्यक्ष सद्धाम सिद्धिकीले जानकारी दिनुभयो । उनीहरु १० दिन अघि भारतबाट आएर हाेम क्वारेन्टाइनमा बस्दै आएका पुरूष हुन् । भारतबाट आएर घरमा बसेको पत्ता लगाएपछि स्वाब परिक्षण गर्दा कारोना पुष्टि भएको वडाध्यक्ष सिद्धिकीले बताउनु भयाे । उनीहरुमा कोरोना देखिएपछि अब उनीहरुको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी स्वाब परिक्षण गरिने अध्यक्ष सिद्धिकीले बताउनुभयो ।