पहिरो पिडितलाई युवा समाजसेवी कठायतले गरे नगद रु २ लाख ७० हजार सहयोग

मुख्यमन्त्री शाहीलाई हस्तान्त्ररण  

सुर्खेत, युवा समाजसेवी तथा उद्यमी दिल बहादुर कठायतले कालिकोटका पहिरो पिडितलाई रु २ लाख ७० हजार नगद सहयोग गरेका छन । युवा समाजसेवी तथा उद्यमी कठायतले रु २ लाख ७० हजार नगद पहिराे पिडितलाई सहयोग गरेका हुन ।

उक्त रकम बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र आन्तिरिक मामलामन्त्री नरेश भण्डारी मार्फत हस्तान्त्ररण गरिएको छ । कुलिनारी द हस्पिटालीटी (सिटिएच) कलेजका संचालक केशब कठायतले रकम मुख्यमन्त्री शाहीलाई हस्तान्त्ररण गरेका हुन । कालीकाेटका बिभिन्न गाउँपालिकाका पहिराे पिडितलाई रकम उपलब्ध गराउने बताइएकाे छ । 

उद्ममी  कठायतले उक्त रकम भाई सिटिएच कलेजकासंचालक तथा प्रिन्सिपल केशव कठायत मार्फत कर्णाली प्रदेशका मुख्यमन्त्रि महेन्द्र वहादुर शाहीलाई हस्तान्तरण गरेका थिए । रकम बुझ्दै मुख्यमन्त्री शाहीले कुनैपनि नागरिकले यसरी नै सामाजिक उतरदायित्व बहन गर्नुपर्ने बताएका थिए । कालिकाेट पचालझरना गाउँपालिका ३ खार्दुका कठायत  हाल चिनको गोन्जाओमा वस्दै आएका छन । गत केहि दिन अघि मात्र कालिकोटमा बाढिपहिरोको कारण ठुलो रुपमा धनजनको क्षति भएको थियो ।

को हुन दिल बहादुर कठायत ? 

पचालझरना ३ खार्दुका पिता दलसुर कठायत माता अनिता कठायतका जेठा छोरा दिल बहादुर कठायत युवा उद्यमीका रुपमा परिचित छन । सान्नीत्रिबेणी गाउँपालिका १ लुसामा जन्मीएका कठायत हाल पछिल्लो चरणमा समाजसेवामा अग्रपंक्तिमा रहेका कठायत बेलाबखत बिपतिहरुमा सहयोग गर्ने गरिरहेका छन । कठायतको चिनको गोन्जाओमा ब्यवसाय गरिरहेका छन् ।