नेपालगन्जमा बुधबार ३ जना कोरोना मुक्त

  नेपालगन्ज, बाँकेका थप ३ जना कोरोना संक्रमित निको भएका छन । कोरोनाबाट मुक्त भइ बुधबार ती संक्रमित घर जाँदैछन ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, आइसोलेसन सेन्टर आदर्शनगर बाट राप्तिसोनारी २ का २० बर्षिय पुरुष, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट राप्तीसोनारी ८ का ३६ बर्षिया महिला र नेपालगन्ज १८ का २६ बर्षिया महिला गरी ३ जना कोरोना मुक्त भइ घर जान लागेका हुन ।

जिल्लाका हालसम्म ४ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको ज्यान गइ सकेको छ । त्यसैगरी, जिल्ला बाहिर घर भइ बाँकेमा कार्यरत ४ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । यो समेत बाँके जिल्ला भित्र संक्रमित हुनेको संख्या ४ सय ७४ पुगेको छ ।