कर्णालीमा थपिए ११ जना कोरोना संक्रमित,३१ जना डिस्चार्ज

सुर्खेत, कर्णाली प्रदेशमा आज ११ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा परीक्षण गरिएकामध्ये सुर्खेतका सुर्खेतका ७ जना, पर्साका तीन र कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्लाको प्रयोगशालामा परीक्षण गर्दा कालिकोटका एक जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कुल संक्रमितको संख्या एक हजार नौ सय ५६ जना पुगेको छ ।

आज संक्रमण पुष्टि भएकामध्ये सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ७, वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ र १० का एक र वडा नं. ११ का दुई जना छन् । त्यस्तै पर्साका बहुदरमाई नगरपालिका वडा नं. ९ का तीन जना र कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नं. ५ का एक जना पनि कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै आज नै कर्णालीका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट ३१ जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या एक हजार सात सय ७२ जना पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।