जवर्जस्ति व्याज उठाएको भन्दै एनआरएन वित्तीय संस्थालाई बिप्लवको कार्वाहि

अछाम, प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी अछामले साउन २० गते आज एनआरएन नामक वित्तीय संस्थालाई कार्वाहि गरेको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा न १४ कालागाउमा जनतावाट व्याज र किस्ता उठाईरहेको वेला उक्त संस्थालाई कारवाहि गरेको हो ।

जनताको प्रत्यक्ष सहभागिता रहेको वेला सो पार्टीका कार्यकर्ताको अगुवाइमा चेतावनि सहित पैसा उठाउन नदिई सो संस्थाका कर्मचारी हरुलाई फिर्ता पठाएको छ ।

आफ्नो पार्टीले वैंक वित्तीय संस्थालाई जवर्जस्ति व्याज र किस्ता नउठाउन निर्देशन जारी गरेपनि पार्टीको निर्देशनलाई अटेर गरेकोले आफुहरु कार्वाहि गर्न वाध्य भएको नेकपा अछाम इन्चार्ज नवीनले बताएका छन ।

१८ देखि २५ प्रतिशतसम्म व्याज असुल्ने, विभिन्न सेवा शुल्कको नाममा जनता लुट्ने वित्तीय संस्थालाई अझै सच्चिन इन्चार्ज नवीनले आग्रहगरे ।जनहित विपरित गतिविधि संञ्चालन गर्ने वित्तीय संस्थालाई अझ प्रभाबकारी जनकारबाही गर्ने चेतावनि सो पार्टीको विज्ञप्तिमा उल्लेख गरेको छ ।