थप २५९ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १५ हजार २६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६५ जना उपचारपछि डिस्चार्ज भएका छन् । मुलुकभर पाँच हजार ९२५ सक्रिय सङ्क्रमित छन् ।

हालसम्म नेपालमा कोरोनाबाट ५८ जनाले ज्यान गुमाईसकेका छन् । मन्त्रालयका अनुसार आज मोरङको विराटनगर महानगरपालिका ५ आदर्शटोलका ७७ वर्षिय वृद्धाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।

ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि १९ गते विहान कोसी अस्पताल भर्ना भएका ती वृद्धाको १९ गते नै उपचारका क्रममा निधन भएको हो । उनी मधुमेह तथा उच्च रक्तचापका विरामी थिए ।