गरिबीका बस्तिहरु सुनसान देखिन्छन्,

गरिबीका बस्तिहरु सुनसान देखिन्छन्,
तिर्नुपर्ने बाकी साहुका ऋणहरु देखिन्छन् ।

आधा पहिरोले त आधा बाढिले बगायो, 
बिचरा १ उनिहरु भोको अनि नाङ्गै देखिन्छन् ।

उनका सारा जिन्दगिनै अन्धकार भयपछी,
दिन अनि रातहरु पनी उस्ताउस्तै देखिन्छन् ।

मुस्कान अनि हासो त परै जाओस् ,
खाली उनका आखाहरुमा आशु मात्र देखिन्छन् ।