यो हो पवन मधुश्रीको दोस्रो सांगीतिक कोसेली ‘आमा'(भिडियो सहित)
अछाम, लेखक तथा साहित्यकार पवन मधुश्रीको शब्दसंगितमा रहेको दोस्रो गित आमाु बजारमा आएको छ । गायक प्रमोद माझीको स्वरमा रहेको उक्त गित धिताल फिल्मस प्रालीको प्रस्तुत गरेको हो ।
हामी नेपालीलाई वैदेशिक रोजगारिको लागि विदेशिनु बाध्यता हो । आमाबुवाको आफ्नो सन्तान ठूलो हुँदा पालनपोषण गर्ला भन्ने आशा र सपना जब सन्तान ठूलो हुन्छन पूरा हुन नपाएर तुहिन्छन् ।
यतातिर सन्तानको विलापमा आमाबुवा तडपिनुपर्ने अवस्था हुन्छ भने अर्कोतिर विदेशिएको सन्तान पनि अनेकौ दुख झेलेर जन्म दिने आमाबुवालाई सम्झिरहेका हुन्छन । रोजीरोटीकै लागि सन्तान र आमाबीचको यस्तो दर्दनाक पीडा नआओस भन्ने महत्वर्ण भाव वोकेको गितमा प्रमोख माझीले लय भरेका छन । भने गितको एरेन्ज विनोद बिकले गरेका छन् ।
दिनेश ठकुल्लाले गरेको निर्देशनमा अभिनय भने स्वयम् पवन मधुश्री, बिमला माझी, चन्द्रिका शाही, हस्तबहादुर माझी, भिम बहादुर रावल र बालकलाकारहरुमा जेनिशा शाही, देवराज माझी र आबाँस माझिको रहेको छ ।