यस्तो छ अछामको लयाँटी सडक खण्डको अवस्था, बर्षे भेलले बनायो १० चिरा

अछाम, अछाम जिल्लाको पन्चदेवल बिनायक नगरपालिकाको वडा नं ५ लयाँटीमा पर्ने मोटर बाटोको स्थिति दिनानुदिन बिग्रिदै गएको छ ।  जिल्लाको बिनायक बजारदेखी दैलेख राकम बजारसम्म जोडिएको उक्त सडक खण्ड प्रत्येक बर्ष बर्षाका कारण भत्किने गरेको हाे ।

यससंगै यो बर्ष पनि अत्याधिक वर्षा भएका कारण सडकका विभिन्न भागहरु कतै चिरा परेका, कतै पहिरो खसेर अबरुद्ध भएका छन । सडक भत्केर मानव बस्ती नै जोखिममा परेकाे छ  । बैज्ञानिक पद्धतिद्वारा भौगोलिक स्थितिको अध्ययन नगरेर, जथाभावी बन बिनास गरेका कारण यस्तो अबस्था सिर्जना भएकाे जानकारहर बताउँछन् ।

यसका साथै अहिले यो सड्क खण्ड सामाजिक संजाल(फेसबुकमा समेत भाइरल भैरहदा सडक सुधार तथा मर्मत गर्नेतिर यहाका सरोकार वालाहरुको कुनै ध्यान नगएको स्थानीयबासिकाे गुनासाे छ।

नेपाल सरकारका पुर्ब सचिव भिम उपाध्यायले यो सडक खण्डको फोटा आफ्नो फेसबुक वालमार्फत अपलोड गरेपछि झन चर्चामा आउनुका साथै भाइरल हुन पुगेको छ ।  साथै अछामका स्थानिय युवाहरु(देश बिदेशबाट ) ले फेसबुक मार्फत भाइरल बनाउनुका साथै संबंधित निकायको ध्यान आकर्षणका लागि अनौपचारिक(फेसबुक) रुपमा अपिल रआह्वान गरेका छन ।