भ्रष्टाचार विरोधी छवि बनाएका उप–सचिव सञ्जेल कार्यकक्षमै कुटिए

काठमाडौँ, भ्रष्टाचार विरोधी छवि बनाएका उप–सचिव प्रेमप्रसाद सञ्जेल कार्यकक्षमै कुटिएका छन । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख रहेका सञ्जेलमाथि शनिबार कुटपिट भएको हो ।

भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका उप–सचिव सञ्जेलमाथि शनिबार आफ्नै कार्यकक्षमा महिला कर्मचारीले कुटपिट गरेको प्रहरीले जनाएको छ । सोहि कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालाले कुटपिट गरेको प्रहरीले बताएको छ । साथै कुटपिट गर्ने द्धय सापकोटा र निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि सञ्जेलमाथि टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिन लगायतले प्रहार गरेको प्रहरी जनाएको छ । कुटपिटबाट सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चोट लागेको बताइएको छ ।