पन्चदेवल विनायक नगरपालिकामा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४९

अछाम,पन्चदेवल विनायक नगरपालिकामा शनिबार पाँच जना संक्रमित थपिएसगै कुल कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । १२ दिन अगाडि धनगढी पठाईएको पिसिआर परिक्षण पश्चात् आज ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

नगरपालिका कुन वडाको हुन भन्ने नेटवर्कको समस्याका कारण थाहा नभएको नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत लक्ष्मिकान्त वजगाईले वताए  ।सरकारले लकडाउन खुकुलो पारेसगै पंञ्चदेवल विनायक नगरपालिकामा संक्रमित वढ्दै गईरहेको  निमित्त कार्यकारी प्रमुख वजगाईले बताए ।

कोरोना कै कारण अछामको पुर्वि क्षेत्रमा ऐतिहाँसिक तथा धार्मिक विरासत वोकेको मेला मष्टामाडौ तथा वाल्देमाडौ मेला समेत नगरपालिकाले स्थगित हुने निर्णय गरेको छ । पुजा आजकालागि मात्र मष्टामाडौ तथा वाल्देमाडौ मन्दिर परिसर खोलिने बताइएकाे छ  । सो मेलामा ठुलो मात्रामा सुरक्षाकर्मी खटाईने भएको छ ।