क्वारेन्टाईनमा महिलासँग अभद्र व्यवहार गर्ने कर्मचारीमाथि तत्काल कारवाही गर्न माग

नेपालगन्ज, बाँके क्वारेन्टाइनमा महिलामाथि अभद्र ब्यवहार भएको भन्दै कर्मचारीमाथि कारवाहिको माग गरिएको छ । बाँकेको महेन्द्र बहुमखी क्याम्पसको क्वारेन्टाइनमा रहेकी एक महिलामा अभद्र ब्यवहार गरेको भन्दै पिडितहरुद्धारा कारवाहिको माग गरिएको हो ।

शनिबार महिला अधिकार मञ्च बाँकेले एक बिज्ञप्ती जारी गर्दै कर्मचारीमाथि कारवाहिको माग गरेको छ । महिला अधिकार मञ्चकी केन्द्रिय सदस्य सुमित्रा गुरतालद्वारा जारी विज्ञप्तीमा भनिएको छ । कर्मचारी सई निमबहादुर बस्नेत तथा स्वास्थ्य शाखाबाट खटिएका जगेश्वरलाई तत्काल कार्यबाही गरियोस अन्यथा त्यसको परिणाम राम्रो नहुने चेतावनी समेत दिइएको छ ।

पछिल्लो समयमा देशभरका क्वारेन्टाइनमा महिला हिंसाका घटनाहरु सार्वजनिक भैरहेका छन । महिला अधिकार मञ्च बाँकेद्वारा जारी भनिएको छ महिलामैत्री सुरक्षित सु ब्यवस्थित क्वारेन्टाईनको यथासिघ्र ब्यवस्था गरियोस ।, क्वारेन्टीनमा रहेका र हुने महिला तथा बालबालिकाहरुको छिटो भन्दा छिटो कोभिड–१९ चेकजांच गरियोस । अन्यथा क्यारेन्टाइन नै महिला हिंसाका केन्द्र बन्ने खतरा छ ।