बिपदमा संयमता अपनाउन मुख्यमन्त्री शाहीको आग्रह

पहिरोमा परि ज्यान गुमाएका परिवारलाई ४ लाख राहत दिने घोषणा

कालिकोट, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बिपदको बेला सबैलाई संयमित हुन अनुरोध गरेका छन ।

शुक्रबार पहिरो पिडितहरूको अबस्था बुझ्न कालिकोट पचालझरना जारकोट पुगेका मुख्यमन्त्री शाहीले प्राकृतिक बिपदमा सबैलाई संयमता अपनाउन अनुरोध गरेका हुन । 

मुख्यमन्त्री शाहीले आफु आम कर्णालीबासीको साथमा रहेको बताए । साथै शाहीले आफुले जनताको बिचमा गरेका बाचा नभुलेको भन्दै बाचा पूरा गर्ने बाटोमा दृढ रहेको बताए ।

वाढी पहिरोमा परि ज्यान गुमाएका परिवारलाई संघवाट रु २ लाख र प्रदेश सरकारवाट रु २ लाख राहत उपलव्ध गराउने,घाईतेको उपचार गर्ने तथा क्षेति भएका घरहरु वनाईदिने प्रतिवद्धता व्यक्त गरे।

पचालझरनामा पछिल्लो चरणमा करिब ४ सय घरधुरी पहिरोका कारण प्रभावित भएको गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले जानकारी दिए । साथै राहत उद्भार सम्बन्धि गाउँपालिकाको तर्फबाट मुख्यमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाइएको थियोे ।

मुख्यमन्त्री शाहीले कालिकोटको बिभिन्न पहिरो प्रभावित क्षेत्रक अवलोकन समेत गरेका थिए ।