सोच्दो हो कसरी खत बस्यो अनुहारमा

गजल

खुब हेरिरह्यो ऐनाले आफ्नो अनुहारमा
सोच्दो हो कसरी खत बस्यो अनुहारमा ।

देशद्रोही छोराले पनि सिमाना काटी रहदा
बहुत चोटि फर्केर हेर्यो देशको अनुहारमा।

इन्कलाबमा मट्टीतेल बनेर ,सकिन मन छ
आफै जल्छ जो झोस्छ आगो अनुहारमा ।

बत्ती बिनाको कोठा जस्तै छ,अबसर पनि
म जलेर आउँछ,उस्को उज्यालो अनुहारमा।

बेपत्ता भएको प्रेमी बर्षौ पछि आज भेटियो
खुसिको सिचाइ भयो,फेरि बाझो अनुहारमा ।

दैलेख