अखिल क्रान्तिकारीले गर्यो बाढी पीडितलाई राहत वितरण

जाजरकाेट, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) ले बाढी पिडितहरुलाई राहत बितरण गरेको छ ।बिहिबार जाजरकोटको भेरी नगरपालिका वडा नं. ११ महतारा गाउँका बाढीपीडितहरुलाई राहत बितरण गरिएको हो ।

गएको असार १४ गते राति भएको बाढि पिडितहरुलाई अखिल (क्रान्तिकारी) जाजरकोट र नेकपा एरिया नं. ४ द्धारा ५ हजार नगद रुपैया बाढि पिडितहरुलाई हस्तान्तरण गरिएको हो ।

गत असार १४ गते पहिरोमा परि महतारा गाउँका १४ महिनाका बालक पुष्कर बिकको ज्यान गएको थियो भने पहिरोमा परी गणेश बिक गम्भीर घाइते भएका थिए ।