देउखुरी कोरोना विषेश आइसोलेसन सेन्टरको खर्च ४० लाख रूपैयाँ

 भालुवाङ, देउखुरी कोरोना विशेष आईसोलेसन सेन्टर राप्ती गाउँपालिका ३ को खर्च बिवरण सार्वजनिक गरिएको छ । देउखुरीका चारवटा पालिकाले देउखुरी कोरोना विशेष आइसोलेशन सेन्टर संचालनको निम्ती संकलन गरिएको रकमको खर्च सार्वजनिक गरेको हो ।

जस अन्तरगत बुधवार देउखुरी कोरोना विशेष आईसोलेशन समितिले सि.सि.टि.भि क्यामेरा, विद्युत् उपकरण, वायरिङ प्लाम्विङमा ७ लाख ९८ हजार ४ सय ७८ रुपैँया, सुरक्षा व्यवस्थापन तथा पर्खाल तथा टिनको तारवारमा २ लाख ४९ हजार ७३ रुपैयाँ, अस्पताल व्यवस्थापन तथा सामाग्रीहरुमा १ लाख २८ हजार ६ सय १५ रुपैयाँ, ल्यापभट प्रिन्टर खरिदमा १ लाख ५० हजार, मेडिकल उपकरण औषधी खरिदमा १ लाख ९२ हजार १ सय २० रुपैयाँ, खाना तथा घर भाडा खर्चमा २ लाख १९ हजार ५० रुपैँया, आईसोलेशन खाजा खर्चमा १ लाख ९९ हजार ३ सय २०, ईन्धन खर्चमा ३६ हजार गरि कुल ४० लाख खर्च भएको तेस्रो बैठकमा खर्च विवरण सार्वजनिक गरेको हो ।

यस्तै राप्ती गाउँपालिकाको कोरोना विपद् व्यवस्थापन समितिबाट ३० हजार १ सय ९२ रुपैँया खर्च भएको समितिले जनाएको छ । यस्तै लमही नगरपालिका भित्र १८ जना मध्य १५ जना, राप्ती गाउँपालिका भित्र ३० जना मध्य २७ जना, गढवा गाउँपालिका भित्र ३६ जना मध्य २९ जना र राजपुर गाउँपालिका भित्र १८ जना मध्य १५ जना कोरोना भाइरस कोभिड (१९) का विरामीहरु निको भएर घर फर्किएको देउखुरी कोरोना आईसोलेशन सेन्टरका प्रमुख डा. पुष्प भुषालले जानकारी दिएका छन् ।

उनका अनुसार हाल सम्म लमहीका ३ जना, राप्तीका ३ जना, गढवाका ७ जना र राजपुरका ३ जना गरि १६ जना कोरोना भाइरस कोभिड (१९) का विरामीहरुको देउखुरी कोरोना आईसोलेसन सेन्टरमा उपचार भैरहेको जानकारी दिएका छन् । विरामीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

बैठकले आईसोलेशनमा कार्यरत जनशक्ती घटाई हाललाई चारजना स्वास्थ्यकर्मी रहने गरि व्यवस्थापन गर्ने, यस्तै बैठकले देउखुरी कोरोना आईसोलेशन सेन्टरमा लागेको खर्चक अनुमोदन गर्ने र थप रकम असार मसान्त सम्म व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

कोभिड १९ को संक्रमण दर तथा हालै गरिएको पि.सि.आर. को रिपोर्टको आधारमा श्रावण मसान्त पछि राप्ती प्रविधिक शिक्षालयमा रहेको देउखुरी आईसोलेसन सेन्टरलाई बन्द गर्ने प्रकृयालाई अगि बढाइने निर्णय गरिएको समितिका संयोजक नुमानन्द सुबेदीले जानकारी दिएका छन् । यता देउखुरी कोरोना विशेष आईसोलेसन सेन्टर संचालनको लागी प्रदेश सरकारबाट उपलब्ध गराउने दशलाख रकम अहिले सम्म उक्त समितिको कोषमा नआएको समितिले जनाएको छ ।