अब सिम कार्ड र रिचार्जमा २ प्रतिशत कर लाग्ने

काठमाडौं, अब मोबाइल प्रयोगकर्ताले प्रत्येक रिचार्ज र सिमकार्ड किन्दा २ प्रतिशत बढी कर तिर्नुपर्ने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले जेठ १५ मा संसदमा प्रस्तु्त गरेको आर्थिक ऐनमा टेलिफोन स्वामित्व शुल्क शीर्षकमा हरेक सिमकार्ड र रिचार्ड कार्डमा २ प्रतिशत मोबाइल स्वामित्व शुल्क लिने ब्यवस्था थियो ।

नयाँ आर्थिक बर्ष शुरु हुने दिन साउन १ गते देखि टेलिकम सेवा प्रदायकले यसको कार्यान्वयन सुरु गरेका हुन । नयाँ आर्थिक बर्षदेखि कर बढेको जानकारी दिनेगरी नेपाल टेलिकमले आफ्ना सबै ग्राहकलाई एसएमएस गरेपछि सामाजिक संजालमा यसको विरोध भइरहेको छ ।

दुई बर्षअघिको बजेटमार्फत इन्टरनेटमा १३ प्रतिशत कर बढाएको भनी आलोचित अर्थमन्त्री खतिवडाले यो पटकको बजेटमा रिचार्ड र सिम कार्डमा पनि २ प्रतिशत कर बढाएका हुन । कान्तिपुर दैनिकबाट