विनाशकारी पहिरो

कविता

म मस्त सुतिरहँदा
घरमाथि बाट विशाल पहिरो आयो
घरसँगै मलाई पनि बगायो
पहिरोले बगाउँदै ठूलो छाँगोसम्म पुर्यायो
त्यहाँबाट तल्तिर खस्नै के लागेँथे
आत्तिएर कराएँ
कोठै थर्कियो मेरो आवजले
धन्न सपना रहेछ त्यो ।

हाई गर्दै अबेर बिहान उठेँ
शौचलय बसेर समाचारहरु हेर्न थाले
साँच्चै विभिन्न ठाउँमा पहिरोले घर बगाएछ
धेरै जना बेपत्ता र घर विहिन बनेछन्
धेरै जनाको ज्यानै गएछ
धेरै जनाको जिन्दगी उजाडिएछ
फेरी आत्तिँदै उठेँ
गाउँघर तिर फोन लगाएँ
हाल खबर सोधेँ
सन्चै रहेछन् सबै
धन्न सपना मेरो
विपना अरुको रहेछ त्यो ।

सपना मेरो
विपना अरुको
तर बेस्सरी पीडा भो मलाई
सपनामा त त्यति आत्तिएँ म
विपना मै भोग्नेलाई कस्तो भो होला
सुन्दै डर लाग्ने
धत् विनाशकारी पहिरो यो ।