“सिसा”

समयको हातबाट
खसेको सिसा हुँ

बिना आवाज टुक्रिएको छु
प्रत्येक झुर्कामा सिङ्गो देखिन्छु

कसैको आँखामा टल्किएँ भने
सम्झनुस्
पीडाका मुस्कानहरु
अत्याधिक चम्किला हुन्छन्

मलाई थाहा छ
फुट्नु भनेको सकिनु मात्रै हैन
फुट्नु भनेको फैलिनु पनि हो ।।

रोपनि