“सिसा”
प्रकासित मिति : २०७७ श्रावण १२, सोमवार
प्रकासित समय : [nepaliTime]

समयको हातबाट
खसेको सिसा हुँ
बिना आवाज टुक्रिएको छु
प्रत्येक झुर्कामा सिङ्गो देखिन्छु
कसैको आँखामा टल्किएँ भने
सम्झनुस्
पीडाका मुस्कानहरु
अत्याधिक चम्किला हुन्छन्
मलाई थाहा छ
फुट्नु भनेको सकिनु मात्रै हैन
फुट्नु भनेको फैलिनु पनि हो ।।
रोपनि

