देउखुरीको सिसहनियाँमा ९ लाख बढी राजश्व संकलन

   भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा २ दिनको अवधीमा ९ लाख रूपैयाँ बढी राजश्व संकलन भएको छ 

सिसहनियाँ उद्योग बाणिज्य संघको पहलमा राप्ती गाउँपालिका तथा आन्तरिक राजश्व कार्यालय तुल्सीपुर सँग समन्वय गरि राजश्व संकलन गरेको हो । जसमा २ सय ५० जनाले अायकर, ४५ जनाले अन्तशुल्क कर बुझाएका छन् । त्यस्तै ३ सय ५० जनाले उद्योग वाणिज्य संघमा प्रमाणपत्र नवीकरण गर्दा १ लाख ९२ हजार ५ सय रूपैयाँ राजश्व संकलन भएको छ ।

भने गाउँपालिकामा प्रमाणपत्र नवीकरणबाट करिव ३ लाख रूपैयाँ राजश्व संकलन भएको उद्योग वाणिज्य संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले जानकारी दिएका छन् । टोलीमा गाउँपालिकाका कर्मचारी र उद्योग वाणिज्य संघका पदाधिकारीहरूको सहभागीता रहेको छ ।