मुक्त मानवका ४ मुक्तक

मुक्तक

१.

दुख्ने थिएन मुटु पल पल थाहा भएको भए,
किन बगाउँथे आँसुका भल थाहा भएको भए ।
म तिम्रो जिन्दगी बाट टाढा बस्थे हुँला सायद
आफू भए छु भनेर पागल थाहा भएको भए ।

२.

म्कियो अनुहार को रंग मन मिलेको छ, 
मन मा छायो हर्ष र उमंग मन मिलेको छ ।
कुन दिन जहरको बोत्तल समाउनु पर्ने हो,
मेरो औकात नमिल्ने संग मन मिलेको छ ।

३.

भेटाए भनेर खुशी र उमंग नगरि दिनु
तिमीले मेरो संसार भुताभंग नगरि दिनु ।
मैले पटक,पटक भनेको छु तिमीलाई,
खेलबाड मेरो जिन्दगी संग नगरी दिनु ।

४.

बिगारेर जिन्दगी बिगारेर घर कहाँ जाने मन छ,
हर पाइलामा लाग्ला ठक्कर कहाँ जाने मन छ ।
स्वार्थी हरु को समाज मा एक्लै छाडेर मलाई,
सधै रुने बनाएर जिन्दगी भर कहाँ जाने मन छ ।

कैलाली