टेकराज भट्टका ३ मुक्तक

१.
झूटो बोल्नु पाप हो किन्तु धर्म पनि हुँदोरहेछ,
कुनै झूटको परिणामले साच्चै मन छुदोरहेछ।
यौटै बोलीले ठूलै क्षति टर्छ भने किन नबोल्ने,
विवेकपूर्ण झूटले पापलाई स्वयम् धुदोरहेछ।

२.

पिउँ पिउँ लाग्छ कन्चन घुटु घुटु मूल पानीलाई,
दिउँ दिउँ लाग्छ यौवन सुटु सुटु दिल रानीलाई।
खाए हुन्छ पिए हुन्छ लिए हुन्छ सुम्पि दिन्छु ,
घिउ घिउ नौनी यो मन लुटुपुटु फूल नानीलाई।

३.

न निल्न सक्यो न थुक्न उसको मुखभरि रगत थियो,
शंका पुरै सही थियो शंका गर्ने मान्छे पो गलत थियो।
परिवारिक संस्कारबाट पाएको होला उसले यो अर्ती,
कुवा बाहिर संसार हुन्न भ्यागुताहरुको एकमत थियो ।