आज थपिए १३३ कोरोना संक्रमित, १०७ जना घर फर्किए

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १२ हजार ९४७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०७ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७०.४६ प्रतिशत संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोनाबाट ४४ जनाले ज्यान गुमाईसकेका छन् । आज एक जनाको मृत्यु भएको छ । यस्तै, मुलुकका ६ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा. गौतमकाअनुसार भोजपुर, पाँचथर, रसुवा, संखुवासभा, मुस्ताङ र मनाङमा कोरोना संक्रमित भेटिएका छैनन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ९८७ जनाको पिसिआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या १९ हजार ४४४ छ । हाल मुलुकका २८ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ६१ हजार ५७१ छ । त्यसमा सक्रिय प्रयोगकर्ता ८० हजार ३६९ छन् । आज मात्रै ७४ जनाले इन्ट्री गरेकामा आज एक जना रेड जोनमा परेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेबसाइट हेर्ने र भाइबर ग्रुपमा जोडिनेको सङ्ख्या उल्लेख्य रहेको छ ।