समृद्ध राप्तीसोनारीको अभियानमा छु : अध्यक्ष थारु (भिडियोसहित)

नेपालगन्ज, बाँके राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले गाउँपालिकाका कामप्रति आफु प्रतिबद्ध भएको जताएका छन । अध्यक्ष थारुले समृद्ध राप्तीसोनारीको लक्ष्य भन्दा बाहिर नभएको बताएका हुन । 

कुसेन्युजको  बिशेष कार्यक्रम कुसे संबादमा कुराकानी गर्दै अध्यक्ष थारुले आफु पालिकाको समृद्धीको यात्राप्रति जिम्मेबार भएको बताए । अध्यक्ष थारुले भने लाहुराम गल्ति पनि गर्दैन गर्नेलाई पनि छोडदैन ।

जनतालाई पुर्ण रुपमा सुशासनको प्रत्याभुति दिने कर्ममा रहेको भन्दै गुनासाहरूको पुर्ण रूपमा संबोधन गर्ने जिकिर गरे । अध्यक्ष थारुले चुनावी घोषणापत्रअनुसार नै अगाडि बढेको भन्दै  गाउँपालिकाका काम कारवाहिहरुमा कसैप्रति राजनितिक पुर्वाग्रह नसाँधेको समेत बताए । अध्यक्ष थारूले कुनै ठाउँमा कसैको भावनामा चोट पुग्ने कुरा गरेको भए  गल्ति स्विकार्न तत्तपर रहेको बताए । उनले भने लाहुराम खुला पुस्तक हो जसले जसरी पनि पढन सक्छ । 

भिडियो